काठमाडौं । गर्भवस्थाको बेला धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ | यो अवस्थामा खानपानदेखी लगाउने कुरासम्ममा लापरबाही गर्दा गर्भपतन हुने सम्भवना हुन्छ | खासगरी पहिलो पटक आमा हुन लागेको महिलाले त बढी ध्यान दिनुपर्छ |
यस्तो बेलामा फस्टफुड र फ्रोजन खाने कुरा खानुहुदैन् | धेरै दिन सम्ममा राखेको खानमा किटाणुहरु हुन्छ | किटाणुहरुले बच्चामा असर गर्छ | त्यहि कारणले पनि यो अवस्था खानेकुराको बढी ध्यान दिनुपर्छ | कतिपय खाने कुराहरु त खानै हुदैन् | ति हुन् –
१. हरियो आलू – हरियो आलुमा सोलेनिन नामको एन्जाइम हुन्छ | जसको कारणले गर्भपतन हुने सम्भवना हुन्छ |
२. भुईकटहर – भुईकटहरमा ब्रोमलिन हुन्छ | भुईंकटहरको जुस अत्यधिक पिउँदा समय हुँदा पनि प्रसव पीडा नभइरहेका महिलालाई पनि प्रसव पीडा हुने गरेको छ । त्यस कारणले सुरुवाती ३ महिनामा भुईकटहर खानु हुँदैन |
३. रक्सि – एक अनुसन्धानले भने अनुसार रक्सी पिउनाले धेरै जसो गर्भपतन हुने सम्भवना हुन्छ | रक्सीमा सुगरको मात्रा बढी हुने भएकोले गर्भवती महिलालाई हानी गर्छ |
४. बढी नुन – गर्भावस्थामा बढी नुन खानाले उच्च रक्तचाप हुने सम्भवना हुन्छ | साथै शरीर सुनिने पनि गर्छ |
५. घ्यु कुमारी – गर्भवस्थाको बेलामा घ्यु कुमारीको प्रयोगले रक्तस्राव हुने सम्भवना हुन्छ । त्यसले यसको प्रयोग गर्नुहुँदैन ।
६. माछा – माछामा पारो धातुको मात्र उच्च हुन्छ । जुन सेवन गर्नाले आमा र बच्चा दुवैलाई असर गर्छ ।
७ .अण्डा – अण्डामा साल्मेनोला स्पिसिज ब्याक्टेरिया हुन्छ । यो कुनै किसिमको इन्फेक्सनको कारण बन्न सक्छ । गर्भवस्थामा अण्डाको सेवन कम गर्नु वा गर्दै नगर्नु वेश हुन्छ । किनभने यसबाट इन्फेक्सन हुने सम्भावना वृद्धि हुनुका साथै पचाउन पनि कठिन हुन्छ । अण्डा राम्रोसँग पकाएर खानुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया