काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १३ घाइते भएका छन् ।
काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रोलाई सोमबार बिहान सवा ८ बजेतिर ठक्कर दिएको थियो । माइक्रो बस सडकबाट करिब २५ मिटर तल चिसापानी खोलामा खसेको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
खड्काका अनुसार बस चालक नवलपरासीको बर्दघाट नगरपालिका-७ बस्ने २३ वर्षीय अंकित रेग्मीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया