काठमाडौं । प्रभु बैकले विदेशी मुद्रा सटही सुविधालाई मोबाईल मार्फत अनलाईन आवेदन गर्न सकिने एप्लीकेसन “Prabhu Easy Forex” सचालनमा ल्याएको छ ।
प्रभु बैक लिमिटेडले सोमबार पत्रकार सम्मेलन गरि “Prabhu Easy Forex” बारे जानकारी गराएको हो । बैक सम्मै पुगेर सटहीको आवेदन गर्नुपर्ने लामो प्रक्रियालाई “Prabhu Easy Forex” ले प्रविधिमैत्री तथा सरलीकृत गर्ने विश्वास बैकले लिएको छ ।
“Prabhu Easy Forex” मोबाईल एप हाल प्ले स्टोरबाट सजिलै डाउलोड गर्न सकिने छ । यो एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाईन आवेदन गर्न सकिनेछ ।
बैकले तुरुन्तै आवेदकलाई एसएमएस मार्फत सटही हुन सक्ने/नसक्ने जानकारी गराउनुको साथै सटहीको व्यवस्था हुने भएमा शाखा वा काउण्टरको पनि जानकारी दिनेछ ।
बैकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित बैकको काउण्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था मिलाईएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया