जाजरकोट, १५ पुस – सडक निर्माणको विषयमा विवाद हुँदा स्थानीयवासी युवाको कुटाइबाट भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरा महेन्द्र शाही घाइते भएका छन् जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख भावेश रिमालले दिएको जानकारीअनुसार वडाध्यक्ष चन्द्रबहादुर शाहीले डिलबहादुर शाहीलाई सडक निर्माणका लागि जिम्मा दिएका थिए स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माण गर्ने जिम्मा डिलबहादुर शाहीलाई दिएपछि दीपेन्द्र शाहीलगायतका युवाले सो सडक आफूले निर्माण गर्न पाउनुपर्ने माग राखेर विवाद गरेका थिए एक हप्तादेखि बढेको विवादले शनिबार वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरामाथि दीपेन्द्र शाहीको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक रिमालले बताए भेरी नगरपालिकाबाट रु २८ लाखमा स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । घाइते वडाध्यक्षको उपचारका लागि अहिले नेपालगञ्ज लैजाँदै गरेको र आक्रमणकारी समूह फरार भएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया