काठमाडौं । भारतीय टेलिभिजन जी टिभीको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स २०१९’ को फाईनलिस्ट नेपाली बालगायकद्वय आयुष केसी र प्रितम आचार्यले प्रधानमन्त्री केपि शर्मा ओलीसँग भेट गर्नुभएको छ ।
सारेगमपमा तेस्रो बनेका प्रितम आचार्य र चौथो बनेका आयुष केसीले प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर भक्तराज आचार्यको गीत ‘जहाँ छन् बुद्धका आँखा’ लगायत केही गीत सुनाउनु भएको थियो ।
आइतबार सुरशाला म्युजिक एकेडेमीले यी दुईलाई सम्मान समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया