काठमाण्डौं । विगतमा स्थानीय निकायमा दुई दशकसम्म जनप्रतिनिधि नहुँदा सर्वसाधारणले विकासको अनुभूति गर्न पाएनन् । त्यति बेला कर्मचारीतन्त्रले स्थानीय निकायको नेतृत्व गरेको थियो ।
दुई वर्ष यता भने स्थिति फेरिएको छ । स्थानीय तहले जनप्रतिनिधि पाएका छन् । साथै सर्वसाधारणले विकासको समानुपातिक वितरण प्रणालीको अपेक्षा गरेका छन् । तर गत दुई वर्षको अभ्यासले भने जनअपेक्षा पूरा हुने कुनै संकेत गरेको छैन ।
बाहुबली कार्यकर्ता
दलीय प्रतिस्पर्धाबाट चुनिएका जनप्रतिनिधि पदमा आसीन हुँदा राजनीतिक आग्रहपूर्वाग्रहदेखि टाढा हुने लख काटिएको थियो । यसर्थ समानुपातिक विकासको अवैध सर्वसाधारणको थियो । तर साझा व्यक्तिका रुपमा पदमा आसीन जनप्रतिनिधिमा राजनीतिक रङ दुई वर्षको अवधिसम्म पनि मेटिन सकेन ।
विकासे आयोजनामा समेत राजनीतिक आग्रहपूर्वाग्रहले भरपूर काम गरिरहेको छ । जनप्रतिनिधिले आफ्नो भोट बाहुल्य क्षेत्रमा विकास आयोजना पार्न बढी चासो देखाइरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया