काठमाण्डौं । नायक रमित ढुंगानाको मुख्य भूमिका रहने चलचित्र ‘राजा साहेब’को
शुभ मूहुर्त गरिएको छ । सोमबार काठमाण्डौमा एक कार्यक्रमकाबीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।
बिचल किरातीको निर्देशनमा बन्ने चलचित्रमा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतका कलाकारको मुख्य भूमिका रहने छ । यसै चलचित्रबाट दुई नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दैछन् ।
‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा बन्ने चलचित्रमा शंकर न्यैपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहेको चलचित्रमा सिसम डागी सह–निर्माताका रुपमा रहेका छन् ।
निर्देशक राईकै लेखन रहेको चलचित्रमा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । पवन गौतमले खिच्ने चलचित्रलाई समिर मियाँले सम्पादन गर्नेछन् । बुधबारबाट छायाँङ्कनमा जाने चलचित्रले आउँदो तिहारमा रिलिज गर्ने योजनामा निमार्ण टोलिरहेको जनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया