काठमाडौं । गत आईतबार नेपाल आएको भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ ‘रअ’ प्रमुखसँग पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेको खुलाशा भएको छ ।
एक महिना अघि रअ प्रमुखमा नियुक्त भएका ‘रअ’ प्रमुख सामन्त गोयल तीनदिने भ्रमणका लागि नेपाल आएका हुन् । उनले सतारुढ पार्टी नेकपाका अध्यक्षमध्येका एक प्रचण्ड सोमबार बिहान साढे ८ बजे उनीसँग भेटेका हुन् ।
स्रोतका अनुसार ति रअ प्रमुख भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। प्रचण्ड र उनका बिचमा भएको कुराकानीको विषय भने खुलाइएको छैन । गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने प्रयास गरेका थिए। तर ओलीले नो भनिदिए ।
ओलीले भारतमा नयाँ सरकार बनेपछि कोही पनि राजनीतिक व्यक्तित्व नेपाल नआएको र राजनीतिक भेटघाट नगरी गुप्तचर संस्थाका प्रमुखलाई भेट्दा गलत सन्देश जाने भएकाले रअ प्रमुखलाई नभेटेको बुझिएको छ ।
यसैबीच भारतीय राजदूत मन्जिवसिंह पुरीले सोमबार नै प्रतिनिधि सभाका संसदीय समितिका सभापतिहरूलाई रिसेप्सनमा समेत बोलाएका थिए ।
प्रचण्डले ‘रअ’प्रमुखलाई भेटेको विषयले यतिबेला सामाजिक सञ्जालसमेत निकै तातेको छ । भारतका गुप्तचर प्रमुखले भेटेपछि चीन र अमेरिकाले पनि त्यही स्तरका कर्मचारीलाई नेपालका नेतालाई भेट्न पठाए हाम्रो स्तर कहाँ पुग्छ ? सामाजिक सञ्जाल प्रयोगकर्ताको आक्रोशसमेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया