हेटौँडामा भारतीय कन्टेनरले थिच्दा दुईको मृत्यु

appharu
0
Shares

काठमाडौं । पूर्व पश्चिम लोकमार्गअन्तर्गत हेटौँडा-१५ चुरियामाई नजीक भारतीय मालवाहक कन्टेनरले थिचेर दुई जनाको मृत्यु भएकोे छ ।

मृत्यु हुनेमा अटोका चालक बसामाडीका सुजनकुमार ढकाल र अझै पहिचान हुन नसकेको अर्का मोटरसाइकल चालक रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सो दुर्घटनामा अन्य पाँच घाइते भएका छन् । कन्टेनरले ना१ज ७७८६ नं सुमो, बा६६प ६२१३ नंको मोटससाइकल र ना १ ह ८८२४ नंको अटोलाई थिचेको थियो भने ना ५ ख ५११३ र ना ४ ख ३१४१ नंको बस, को १ च २२६७ नंको कुखुरा बोक्ने गाडी र भे १ क ६३१ नंको ट्रकलाई ठक्कर दिएको थियो ।

पूर्वपश्चिम राजमार्गमा सोमबार राति ११ बजे बिग्रिएको एनएलओआइडी ८०३१ नंको मालवाहक १८ चक्के भारतीय नं प्लेटको उक्त कन्टेनरलाई क्रेनको सहायताले हेटौँडातर्फ ल्याउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?