बाख्रापालनतर्फ आकर्षित बन्दै युवाहरू

काठमाडौं । नवलपुरका युवाहरू बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका छन् । रोजगारीका लागि युवाहरु विदेश पलाएन भइरहेका बाख्रापालन ब्यवसायबाट स्वदेशमै स्वराेजगार हुन सकिन्छ भन्ने उदाहरण यहाँका युवाहरूले प्रस्तुत गरेका हुन् ।

नवलपुर जिल्लाको हुप्सीकोट गाँउपालीका– ४ शंखदेवका युवा सुरज सापकोटा र खगेन्द्र भुर्तेल बाख्रापालन व्यवसायबाट नवलपुर जिल्लामै उदाहरण बन्न सफल भएका छन् ।

वि.स. २०७६ सालबाट यी दुई युवाहरुले रु २० लाख लागानी गरेर साझेदारीमा शंखदेव युवा कृषि प्रा.लि.को स्थापना गरे । जसमा स्थानीय जातको र बोएर जात लगायतका ७० बाख्रा पालेका छन् । करिव १० कठ्ठा जग्गामा खोर बनाएर बाख्राको ब्याबस्थापन गरिएको छ भने तिन विगा जग्गा लिजमा लिएर घाँस लगाएका छन् ।

४ वर्षसम्म विदेशमा दु:ख झेलेको सम्झिदै खगेन्द्र भुर्तेल भन्छन् ‘यो दु.ख स्वदेशमानै गर्छु, यत्तिकाे दुख स्वदेशमानै गरियो भने केहि गरिन्छ भनेर स्वदेश फर्केर यो पेशा अँगाले।’

त्यस्तै भुर्तेलसँग साझेदारी गर्ने सुरज सापकोटा भने शिक्षक पेशाको जागीर छाडेर आफै मालिक हुन्छु भन्दै आफ्नै व्यवसाय शुरु गरेको बताउछन् ।

यसरी अहिलेको अवस्थामा हजारौ युवा रोजगारीका लागि विदेश पलायन हुने गरेको बेला समाजमा आय–आर्जन गर्न एउटा गतिलो उदाहरणीय कृषक बनेकोमा खुशी लागेको सुरज सापकोटा बताउछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?