प्रहरीसँगको भाईरल च्याट : तिम्लाई जेल हालौँ ? यस्तो छ, खास कुरा

अनुसन्धान गर्दैछ प्रहरी, पत्ता लागे यस्तो कार्बाही !

appharu
0
Shares

प्रहरी : ‘तिमीले नेताहरू चोर भनेर पोस्ट गरेको रहेछौ।’

प्रयोगकर्ता : उम् गरेको के भो त। स्माइली इमोजी प्रयोगसहित ।
प्रहरी : तिमीलाई जेल हालौँ ? एङ्ग्री इमोजी प्रयोगसहित ।
प्रयोगकर्ता : ‘मैले अमेरिकाको नेता चोर हुन् भन्या हुनसक्छ। चीनको नेता चोर हुन् भन्या हुनसक्छ। नेपालकै नेता चोर हुन् त भनेको छैन नि।‘

प्रहरी : ‘के रे हामीलाई थाहा छैन कुन देशका नेताहरू चोर हुन्छन् भनेर फेरि एङ्ग्री इमोजी। सँगै लेखिएको छ जेल हालौँ ?

माथि उल्लेखित प्रहरी लेखिएको प्रयोगकर्ताको ‘प्रोफाईल पिक्चर’ नेपाल प्रहरीको आधिकारीक लोगो प्रयोग गरिएको छ । यो दुई सम्बाद को – को बिचमा भएको हो थाहा छैन । तर सामान्य मानिसले प्रहरीले यस्तो धम्कीपूर्ण भाषामा म्यासेज पठाउनको थालेको आँकलन गरीरहेको बेला यसबारे खास कुरा थाहा भएको छ ।

केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको यो च्याट स्क्रिनसटबारे मानिसले जे धारणा बनाएका छन् वास्तविकता त्यो भन्दा फरक छ ।

हो, प्रहरीमाथि नै प्रश्न उठ्ने गरी सामाजिक सञ्जालमा प्रतिक्रिया आउन थालेपछि यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको साइबर ब्यूरोले थालेको प्रारम्भिक अनुसन्धानले नेपाल प्रहरीको लोगो प्रयोग गरेर नक्कली च्याट बनाइएको पत्ता लगाएको छ ।

केही दिनदेखि सामाजिक सञ्जालमा यो च्याटस्क्रिन भाईरल भएपछि प्रहरीले मिहिन ढंगले अनुसन्धान थालेको थियो ।

अनुसन्धानमा स्क्रिनसट त्रिभुवन विश्वविद्यालयको नाममा खोलिएको एउटा ग्रुपबाट च्याट बाहिरिएको थाहा भएको छ, थप अनुसन्धान भइरहेको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने, ”नक्कली च्याट बनाइएको फेला परेमा सम्बन्धित व्यक्तिलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुन्छ । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?