काठमाडौं । टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेट टोलीले पहिलो विकेटका लागि ६६ रन बनाउँदै मलेसियाविरुद्ध नेपालको शानदार जीत गरेको छ ।
मलेसियाविरुद्धको खेलमा कप्तान ज्ञानेन्द्र मल्लले आक्रामक खेल खेल्दै २१ बलमा ५१ रन बनाउँदा न एपलले कीर्तिमान हात परेको हो ।
सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा मलेसियाले ओपनर मल्लले ५१ रन बनाउँदा प्रदिप सिंह ऐरीले १२ रन बनाएका थिए । मल्लले २१ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यी दुई ब्याट्सम्यान जमेर खेल्दा नेपालले सहज जीत निकालेको हो ।
मंगलबार मात्रै कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जोडीले पहिलो विकेटका लागि ४९ रनको लामो ओपनिङ साझेदारी खेलेको थियो ।
बुधबार मलेसियाविरुद्ध जारी खेलमा उक्त कीर्तिमानमा सुधार गर्दै मल्ल र ऐरीले उत्कृष्ट ब्याटिङमा नेपालले टी–२० अन्तर्राीष्ट्रय प्रतियोगितामा नयाँ कीर्तिमान बनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया