काठमाडौं । मलेसियामा अवैध रुपमा बसेका ५ जना नेपालीसहित ३१ जना विदेशी कामदारलाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारी सञ्चार माध्यम बनर्माले मलेसियाको अध्यगमनलाई उदृत गर्दै ५ जना नेपाली, १३ जना थाइल्याण्ड १० जना बंगलादेशी, दुई ईण्डोनेशियाली तथा एकजना भारतीय पक्राउ परेको जनाएको छ ।
मलेसियाली समाचार संस्था बनर्माका अुनसार अध्यगमन प्रहरीले अवैध रुपमा बसेका विदेशी कामदार रहेको पसल, रेष्टुराँहरुमा छापामारि उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई जुरुस्थित हिरासतमा राखि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया