काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)ले आज संसद बैठक अवरोध नगर्ने भएका छन् ।
बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुचारू गर्ने बैठकको तयारी रहेको छ ।
छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी, सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहेको थियो ।
निर्धारित १ बजे राखिएको प्रतिनिधि सभाको बैठक २:३० का लागि सारिएको छ भने १ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ ।
कांग्रेसले यसअघि गैरन्यायिक हत्या र प्रहरी दमन बढेको भन्दै सोबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद् अवरोध गरेको थियो । पहिलेको आफ्नो अडान भने कायमै रहेको कांग्रेस सचेतक खाँणले बताए ।
सभामुख महराले संसद्को अवरोध हटाउन मंगलबार संसदमा रहेका सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुसँग छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया