मौद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंकहरुलाई यस्ता अफर (पूर्णपाठसहित )

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति सार्वजनिक गर्यो । गभर्नर डा. चिरञ्जीवि नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिमा मर्जरमा जाने बैंकहरुलाई विभिनन अफरहरु प्रदान गर्ने भएको छ ।

‘फोर्स मर्जर’को नीति आउने चर्चा चलिरहेका बेला सार्वजनिक भएको मौद्रिक नीतिमा ठूला बैंकहरुलाई मर्जरमा प्रोत्साहन गर्ने भनिएको छ । वाणिज्य बैंकहरुलाई मर्जरमा जान विभिन्न सहुलियतहरु दिने नीति राष्ट बैंकले अघि सारेको हो ।

२०७७ असार समान्तसम्म मर्जर सकेर एकीकृत कारोबार गरे कुलिङ पिरियड हटाउने, अनिवार्य भनिएका ठाउँमा लगानी गर्न बाध्य नबनाउने, ऋणपत्र अनिवार्य जारी गर्न बाध्य नबनाउने लगायतका सुविधा प्रदान गरिने गभर्नरको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?