मौद्रिक नीति : १५ लाख रुपैयाँसम्मको कृषि व्यवसाय कर्जा सात दिनभित्र दिनुपर्ने

appharu
0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले १५ लाख रुपैयाँसम्मको कृषि व्यवसाय कर्जा सात दिनभित्र दिनुपर्ने व्यवस्था गरेको छ ।

यदि यस्तो कर्जा दिन बैंक असमर्थ भए कारणसमेत खुलाउनुपर्ने नियम राष्ट्र बैंकले ल्याएको हो । यस्तो कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ प्रतिशत मात्र थप गरी ब्याजदर निर्धारण गर्नुपर्नेछ। यसैबिच बैंकले कुनै पनि प्रकारको सेवा शुल्क लिन नपाउने पनि जनाइएको छ ।

यस्तै अब बैंकहरुले बिमा बेच्न नपाउने भएका छन् । यस अघि बैंकहरुले बैंकास्योरेन्सको नाममा मनपरी ढंगले बिमा बेच्दै आएकोमा आज मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर डा. चिरञ्जीवी नेपालले यस्तो बताउनुभएको हो । वाणिज्य बैंकहरुलाई मर्जरमा जान विभिन्न सहुलियतहरु दिने नीति राष्ट बैंकको छ ।

२०७७ असार समान्तसम्म मर्जर सकेर एकीकृत कारोबार गरे कुलिङ पिरियड हटाउने, अनिवार्य भनिएका ठाउँमा लगानी गर्न बाध्य नबनाउने, ऋणपत्र अनिवार्य जारी गर्न बाध्य नबनाउने लगायतका सुविधा प्रदान गरिने गभर्नरको भनाई छ ।

यो पढ्नुभयो

मौद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंकहरुलाई यस्ता अफर (पूर्णपाठसहित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?