पोखरीमा डुबेर दुई बालकको मृत्यु

appharu
0
Shares

धनुषा-गणेशमान चारनाथ नगरपालिका–२ वीरेन्द्र बजारस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय सविन मगरका १२ वर्षीय छोरा आदित्य र हरिबहादुर मगरका ११ वर्षीय छोरा अकाशको पानीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुवै बालक गहिरो ठाउँमा पुगेर डुबेका हुन् । पानीमा डुबेर अचेत अवस्थामा भेटिएका ती बालकको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?