विक्की कौशलद्वारा अभिनित चलचित्र ‘उरी– द सर्जिकल स्ट्राइक’ भारतमा फेरि प्रदर्शन हुने भएको छ ।
चलचित्र जुलाई २६ मा प्रदर्शन हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा ‘कार्गिल विजय दिवस’ को अवसरमा चलचित्र फेरि प्रदर्शन गर्न लागिएको हो ।
उरी युद्धमा आधारित चलचित्र हो । यो भारतले सन् २०१६ मा काश्मिरको सीमा नियन्त्रणको समयमा आतन्तकारीसँग भिडेको युद्धको कथा हो ।
चलचित्रमा विक्कीले मेजर भिहान सिंह सेरगिलको भूमिकामा रहनु भएको छ । चलचित्रको विषयवस्तु ‘कार्गिल विजय दिवस’ सँग सम्बन्धित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया