काठमाडौं । वालिङमा विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
आर्थिक वर्ष २०७५-७६ मा विभिन्न आपराधिक घटनामा संलग्न फरार ७० फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका प्रहरी एकाइहरुबाट प्रहरी परिचालन गरी पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।
पक्राउ परेका ७० मध्ये जरिवाना तिरेर ५१ जना छुटेका छन् भने १९ कैद भुक्तानका लागि कारागार चलान भएका प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो ।
सार्वजनिक अपराधका मुद्दा, बहुविवाह, कर्तव्य ज्यान मुद्दा, अंशबण्डा, जबर्जस्तीकरणी, सम्बन्ध विच्छेद, कुटपिट तथा लुटपिट, लागुऔषध, ठगी मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको प्रवक्ता भण्डारीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया