श्रृङ्खलाले गरिन् पश्चिम युरोपकै अग्लो हिमाल आरोहण

काठमाडौं । मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सबैभन्दा अग्लो हिमाल मन्ट ब्लांकको आरोहण गर्नुभएको छ । उहाँले मंगलवार उचाइ ४ हजार ८ सय १० मिटर रहेको हिमालको सफल आरोहण गर्नुभएको हो ।

नेपाल र फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउँदै छन्। श्रृङ्खला यस कार्यक्रमकी सद्भावना दूत समेत हुनुहुन्छ । गत पुसमा फ्रान्समा युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तानको नेपाल भ्रमणका क्रममा उहाँलाई सद्भावना दूत नियुक्त गरिएको थियो।

सोही अवसरमा सद्भावना दूत श्रृङ्खलाले फ्रान्स र इटालीको सीमा रहेको हिमाल आरोहण गर्नुभएको हो ।

श्रृङखलाका साथमा फिल्म मेकर सिसम बानियाँ र प्रज्वल थापा मगरले पनि ब्लांक हिमाल आरोण गरेको फ्रान्सेली राजदूतावासले जनाएको छ। उनीहरुलाई हिमाल आरोहणमा आरोही अन्सेल्म बड र सिसि हर्जोगले गाइड गरेका थिए।

आरोहणबाट फर्किएर खतिवडाले विश्व विख्यात साइकल र्‍याली टुर डे फ्रान्समा समेत भाग लिने बताइएको छ । श्रृङखलाले जुलाई २८ तारिखमा टुर डे फ्रान्सको पेरिसमा हुने समापन समारोहमा पनि भाग लिनुहुनेछ।

उहाँको यो फ्रान्स भ्रमण फ्रान्समा नेपाल चिनाउनका लागि आयोजना गरिएको सद्भावना भ्रमण हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?