ओढारभित्र कसले लुकायो १६ किलो सुन ? मान्छे खोज्दा सुन भेटियो

गोरखा । गोरखामा ओढारमा लुकाएर राखेको अवस्थामा १६ किलो सुन भेटिएको छ ।

जिल्लाको धार्चे गाउँपालिका -३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद गरेको हो ।

चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि १६ किलो सुन लुकाएर राखेका थिए ।

काठमाडौंमा पक्राउ परेका ब्यापारी धनकमललाई पक्राउ गरेर ओढारमा ल्याएपछि उनले सुन लुकाएको ठाउँ देखाएका थिए ।

प्रहरीका अनुसार ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएको, त्यसभित्र दुई वटा प्लास्टिकले ढाकिएको र त्यसभित्र बोरामा सुन राखिएको थियो । सुन दुईवटा झोलामा थियो ।

उनलाई पक्राउ गरेर सुन लुकाएको ठाउँमा ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?