प्रहरी वृत्त गौशालाका २ प्रहरी नायब निरीक्षक घुससहित रंगेहात पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत दुई प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले सईद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकारलाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा बुधबार साँझ पक्राउ गरेको हो ।

सईद्वय पाण्डे र स्वर्णकारले सार्वजनिक अपराधको मुद्दा छिटो मिलाइदिने भन्दै एक सेवाग्राहीसँग १८ हजार घुस रकम माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?