श्रीमतीको दाउ प्रहारबाट श्रीमानको मृत्यु

काठमाडौं । पोखरामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

श्रीमतीले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका पोखरा महानगरपालिका-१६ गोष्टेस्थित (शिवालय ठाँटी समाज) घरमा सुक राम परियारको बिहीबार बिहान मृत्यु भएको हो ।

उनकी बोल्न नसक्ने श्रीमती सिता परियारले एक्कासि दाउ प्रहार गर्दा बुधबार साँझ गम्भीर घाइते भएका सुकरामको मातृ शिशु अस्पतालमा लगेर उपचार गरी घर फिर्ता गरेपछि मृत्यु भएको हो ।

सिता परियारलाई प्रहरीले पक्राउ गरेको छ । सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?