काठमाण्डौं । आईएमई नेपाल लोक स्टारले बिहिबारबाट भोटिङ राउण्ड सुरु गरेको छ ।
हप्ताको २ दिन बिहिबार र शुक्रबार प्रसारण हुने लोक स्टारले टप २५ बाट भोटिङ राउण्ड सुरु गरेको हो । गोल्डेन स्टार पाउन सफल ३ प्रतियोगी पहिले नै टप २० मा प्रबेश गरिसकेका छन् । गएको शुक्रबार भएको मेघा अडिसनमा १०९ जनाबाट २२ जना छनौट गरेर टप २५ बनाएका थिए ।
उत्कृष्ट २० मा पुगेपछि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकमा निर्णयको अधिकार रहनेछ । ८० प्रतिशतमा ४० प्रतिशत मोबाइल एसएमएस र बाँकी ४० प्रतिशत अनलाइन भोटिङबाट निर्णय लिइने छ । ग्रान्ड फिनालेसम्म निर्णायकको फम्र्याट यही रहनेछ । उत्कृष्ठ पाँच ग्रान्ड फिनालेमा पुग्नेछन् ।
नेपाल लोक स्टारको निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । लोक स्टारको पहिलो हुनेले ५० लाख, दोस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतिस्पर्धामा तेस्रो हुनेलाई १० लाख नगदको व्यबस्था गरिएको आयोजक चाहना मिडियाले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया