काठमाण्डौं । चलचित्र ‘झिङ्गेदाउ’ टिमले नायिका आँचल शर्मालाई अनुबन्धित गरेको छ ।
चलचित्रका लागि यस अघि नै नायिका केकी अधिकारी र मुकुन भुषाल फाइनल भइसकेका छन् । नायिका आँचल शर्माले केहि दिन अगाडि मात्रै साइन गरेकी हुन् ।
साहित्यकार भिमनिधि तिवारीको आख्यानमा आधारित फिल्म भदौ देखि छायाँकनमा जानेछ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्माण रहने चलचित्र काठमाडौँ, सिन्धुली, खोटाङ, दोलखा लगायतका स्थानमा खिचिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया