इन्टरनेसनल च्याम्पियन्स कपमा युनाईटेडको जित

appharu
0
Shares
तस्वीर: गूगल

एजेन्सी । चीनमा बिहिबार भएको प्रि-सिजन टुर अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले टोटेनहमलाई पराजित गरेको छ ।

च्याम्पियन्स कपको खेलमा युनाईटेडले प्रिमियर लिग प्रतिद्वन्दी टोटेनहमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडको जितमा एन्थोनी मार्सियल र एन्जल गोमेजले समानएक एक गोल गरे । टोटेनहमका लुकास मौराले एक गोल फर्काए ।

सांघाईमा २१ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा टोटेनहमका मौराले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ८० औं मिनेटमा युवा खेलाडी गोमेजले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।

नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न एसिया भ्रमणमा रहेको दुवै टोली अहिले चीनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?