बन्चरो हानेर मान्छे मारेका कार्कीलाई यस्तो टेक्निक लगाएर पक्र्यो प्रहरीले

काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका उदयपुरको त्रियुगा नगरपालिका ५ दमौतिका ३३ वर्षीय होमबहादुर कार्कीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

कार्कीलाई मोबाइल जीपीएस कलर ट्राकिङ प्रविधिमार्फत पक्राउ गरिएको हो ।

कार्की छिमेकी ३५ वर्षीय मोहनबहादुर बुढाथोकीलाई २०७३ मंसिर २४ गते बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका थिए ।

जिल्लाल प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरकाअनुसार घटनालगत्तै उनी मलेसिया गएका थिए। पछिल्लो समय मेलिसियाबाट काठमाडौं आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०७५ पुस २ गते रेडकर्नर नोटिस जारी गरी खोजी कार्यलाई तीव्रता दिँदै आएको थियो।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीको न्युरो अस्पताल बिराटनगरमा उपचारका क्रममा मंसिर ३० गते ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?