डेराबाटै ६ तोला सुन र ३० तोला चाँदी गायब !

काठमाडौं । ललितपुरमा डेराबाट गरगहना चोरी भएको छ ।

बिहीबार बिहान ललितपुर महानगरपालिका-४ धोविघाट डेरा गरी बस्ने विमल न्यौपानेको डेराबाट सुनका गहना ६ तोला र चाँदीका गहना ३० तोला समेत गरी करिब ३ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।


प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?