चूरे संरक्षण गर्न सरकारको यस्तो तयारी

काठमाडौं । सरकारले चूरे संरक्षणको कामलाई उच्च प्राथमिकता दिइएको दावी गरेको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चुरे संरक्षणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताउनुभएको हो । उहाँले ‘राष्ट्रपति चूरे संरक्षण कार्यक्रम’ को संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले आवश्यक नीतिगत, कानुनी र संरचना निर्माणको कामलाई पनि तीव्रता दिईरहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको सो कार्यक्रमको समिक्षात्मक छलफलमा भाग लिँदै उहाँले चूरे संरक्षणका लागि सरकारले वन ऐन र वातावरण ऐनलाई एक साथ कार्यान्वयनमा लगेको र जलवायु परिवर्तनसम्बन्धि कानुनलाई पनि कार्यान्वयनमा लैजाने गरी मन्त्रीपरिषदमा पेश गरिएको पनि जानकारी दिनुभयो । सचिव ओलीले चुरे संरक्षणमा केही पनि काम नभएको भन्ने कुरा सत्य नभएको दावी गर्नुभयो ।

कार्यक्रममा विज्ञहरुले राष्ट्रपति चूरे संरक्षण कार्यक्रमका लागि आवश्यक बजेटको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । त्रिभुवन विश्वविद्यालयका वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक सन्तोष रायमाझीले चूरे संरक्षणका लागि बजेटको समेत अभाव भएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले सो कार्यक्रम गुरु योजना अनुसार अघि बढन नसकेको दावी समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?