काठमाडौं– कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार–हत्या
भएको एक वर्ष पुगेको छ । तर उनको हत्याराको अझैं पहिचान हुन सकेको छैन ।
यसैक्रममा निर्मला पन्तको आत्माको चीर शान्तिको कामना गर्दै नेपाली कांग्रेसको भातृ संस्था नेवि संघले माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।
नेविसंघको प्राविधिक विद्यार्थी परिषद् (फोट्स)ले आयोजनामा दीप प्रज्वलन गरिइएको फोट्सका अध्यक्ष सुवास घिमिरेले बताए ।
कार्यक्रम नेवि संघका निवर्तमान महामन्त्री कुन्दन राज काफ्ले, महिला संघकी महासचिव धना खतिवडा विद्यार्थी नेताहरु राम प्रसाद अधिकारी , बलदेव तिमल्सिना, सुशील भट्ट लगायतको सहभागिता रहेको विद्यार्थी नेताका ईश्वर अधिकारीले जानकारी दिए ।
निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया