काठमाण्डौं । नायिका नीता ढुंगानाले निर्माण गर्न लागको चलचित्रको नाम ‘माया’ हुने भएको छ ।
चलचित्रको शिर्ष नायिका ढुंगाना आफै रहने चलचित्रमा नायकको रुपमा कोशिस क्षेत्री रहनुहुने भएको छ ।
नायक कोशिसको कथा रहेको चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गर्ने जनाईएको छ ।
पछिल्लो पुस्ता केन्द्रीत चलचित्र भदौको दोश्रो हप्ताबाट छायांकन सुरु गरिने नायिका नीता ढुंगानाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया