सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं | सिरहाको गोलबाजरमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सिरहा ९ ठेङ्गी घर भई गोलबजार नपा ६ लक्ष्मीचौकमा डेरागरी बस्ने श्रीप्रसाद यादवकी ७ वर्षीय आरतीको खाल्डोमा जमेको पानीमा डुवेर शनिबार मृत्यु भएको हो ।

गोलबजार नपा ६ कै डोहडीयामा रहेको मामाघर साथीहरुसँग जाने क्रममा खाल्डोमा जमेको पानीमा डुवेको प्रहरीले जनाएको छ ।

बालिकाको शव पोष्टमार्टमको लागि लहान पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?