एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा इटालियन क्लब इन्टर मिलानले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ६-५ गोल अन्तरले पराजित गरेको छ ।
खेलको निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी अघि खेलको ४१ औं मिनेटमा थिलो केह्रेरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा सामुएल लोङ्गोले गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए ।
नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न एसिया भ्रमणमा रहेको दुवै टोली मकाउमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया