भारतबाट ल्याइएका ६ वटा गोरुसहित ३ नेपाली पक्राउ

काठमाडौं । भारतबाट गोरु ल्याउँदै गरेका ३ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाइ गाउँपालिका–३ घर भएका ४४ वर्षी शेख मुस्लिम, ५५ वर्षी रिफिक मियाँ र १८ वर्षी शेख इमरान छन् ।

उनीहरु भारतबाट ल्याउँदै गरेका ६ वटा गोरुसहित नेपाल–भारत सीमा नजिक वीरगन्ग महानगरपालिका–१७ स्थित तिलावे पुलबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?