विदेश गएकाको श्रीमाती भगाउनेलाई ५ लाख जरिवाना !

काठमाडौं । पाँचथरको प्रङबुङमा विदेश गएका पुरुषको श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ ।

वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले यस्तो निएम बनाएका थिए ।

अर्काकी श्रीमती भगाएर लिनेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । यो नियम बनाएपछि विदेशिएका श्रीमान-श्रीमतीबीचको दरार कम हुने आँकलन गरिएको छ । सो रकम पीडित श्रीमानका लागि राहत हुने स्थानीयले अपेक्षा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?