बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वनासु श्रेष्ठद्वारा आत्महत्या

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।

कांग्रेसका पर्वत जिल्ला सचिव समेत रहेका श्रेष्ठले आइतबार दिउँसो माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेका हुन् ।

श्रेष्ठको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शवको बुधबार पोष्टमार्टम गर्ने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?