काठमाडौं – सार्वजनिक शिक्षा सुधारका लागि गत ६ वर्षयता शिक्षक तालिममा मात्रै दुई अर्ब २५ करोड आठ हजार रुपैयाँ खर्च भएको छ। तर कक्षा १० को एसइई नतिजा हेर्दा सामुदायिक (सरकारी) विद्यालयको शिक्षामा सुधारको कुनै संकेत देखिन्न। सामुदायिक विद्यालयमा एसइईको नतिजा ३० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन। तालिमका नाममा ठूलो धनराशि खर्च भए पनि कक्षाकोठाको पठनपाठनमा अपेक्षित सुधार आउन नसक्दा अपेक्षित नतिजा आउन नसकेको हो।
सरकारले विद्यालय शिक्षामा सुधार ल्याउन पाँच वर्षअघि विश्व बैंक र एसियाली विकास बैंकको प्रभावमा एसइईमा अक्षरांकन पद्धतिबाट नतिजा प्रकाशन गर्ने व्यवस्था सुरु ग¥यो। तर हालसम्म दिइँदै आएको शिक्षक तालिम अक्षरांकन प्रणाली (ग्रेडिङ सिस्टम) सँग मेल नखाएकाले कक्षाकोठामा पठनपाठन सुधार हुन नसकेको शिक्षाविद् मनप्रसाद वाग्लेको ठहर छ। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया