साढे १३ लाख नगद चोरेर फरार अभियुक्त पक्राउ

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले मोतीराज दाहालको घरबाट १३ लाख ५० हजार नगद चोरेर फरार भएका सुरज कामतलाई पक्राउ गरेको छ ।

यही साउन ७ गते विराटनगर-१ का मोतीराज दाहालको घरबाट नगद चोरी फरार भएका कटहरी गाउँपालिका-१ का २० वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका कामतको साथबाट ३ लाख ८१ हजार नगद र एक लाख ५ हजार पर्ने सामसुङको मोवाइलसमेत प्रहरीले बरामद गरको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको मोवाइलसमेत कामतले चोरी गरेको रकमबाटै खरिद गरेको खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?