एजेन्सी । चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ ।
दक्षिणपश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण सोमबार बिहानसम्म पनि १३ व्यक्ति बेपत्ता रहेका छन् ।
स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म उक्त पहिरोबाट ज्यान जाने नागरिकको संख्या ३८ पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका हुन् । गत मङ्गबार नै सो क्षेत्रमा पहिरो गएको थियो ।
तर उक्त पहिरोबाट कम्तीमा पनि ४९ जना स्थानीय नागरिकको भने उद्धार गरिएको बताइएको छ । उद्धार गरिएकामा ११ जना गम्भीर घाइते भएकोले उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।
सो पहिरोमा हराइरहेका नागरिक खोजी कार्य भईरहेको उद्धारकर्ताहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया