कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध पारे

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै उनीहरुले बैठक अवरुद्द पारेका हुन् ।

सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेर बिरोधमा उत्रिएका हुन् ।

सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।

विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?