बोको हरामको आक्रमणमा ५५ जनाको मृत्यु

appharu
0
Shares
तस्वीर: गूगल

एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी संगठन बोको हरामले गरेको आक्रमणमा कम्तीमा ५५ जना गाउँलेको मृत्यु भएको छ ।

बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँमा बोको हरामले शनिबार बिहानैदेखि आतंकको अवस्था सिर्जना गरेको जानकारी दिनुभयो ।

पीडितसँग भेटघाटपछि संचारकर्मीसँग कुरा गर्दै गभर्नर बाबागानाले मानवीय संवेदना शून्य भएका आतंककारीले निर्दोष गाउँलेमाथि आक्रमण गरेको बताउनुभयो ।सरकार समर्थित स्थानीय सुरक्षा गार्डमा आबद्ध अब्बागाना अलिले आक्रमणमा मारिएका व्यक्तिको दाहसंस्कार भइरहेका समयमा समेत बोको हरामले आक्रमण गरेको जानकारी दिनुभयो ।

बाडु मलाम क्यारिरी गाउँमा मात्र २६ जनाको हत्या भएको अलिले सिन्ह्वा समाचार समितिलाई बताउनुभयो । उहाँले विमानभेदी बन्दुक समेतबाट सुसज्जित पाँच वटा ट्रकमा आएका बोको हरामले गाउँमा आक्रमण गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – उनीहरुले कसैलाई छाडेनन् । उनीहरुले यहाँ महिला र बालबालिकाको पनि हत्या गरे । हामी सबैजसोले भागेर ज्यान जोगाउन सफल भयौं ।

बोको हरामले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकदेखि आक्रमण जारी राखेको छ । उनीहरु उत्तरी अफ्रिकामा कट्टर इस्लामिक राज्य स्थापना गर्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?