झापामा करेन्ट लागेर एक किशोरको मृत्यु

काठमाडौं । झापामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–२ सेल्फी डाँडाका १९ वर्षीय सोम किस्कु रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीयवासी टेकनारायण सङ्ग्रौलाको प्लटिङ गरेको जग्गामा काम गर्न गएका किस्कुको मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका किस्कुलाई उपचारका लागि विर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएको थियो । उनको अस्पताल ल्याएलगत्तै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?