काठमाडौंको बबरमहलबाट १ लाख घुससहित अधिकृत पक्राउ

appharu
0
Shares

काठमाडौं । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता १ लाख घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग जनचेतनामुलक सामग्रीहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिई कार्य सम्पन्न गरी भुक्तानी गरे पश्चात कमिशन बापत घुस रिसवत माग गरीरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले बबरमहल स्थित बन विभागको परिसरबाट पक्राउ गरेको हो । उनीबारे थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ताप्रदीप कुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?