एजेन्सी । युभेन्ट्सका स्टार पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले मार्का लिजेण्ड अवार्ड जितेका छन् ।
स्पेनिस क्लब रियल मड्रिडमा रहदा उनले गरेको योगदानलाई कदर गर्दै स्पेनिस पत्रिका मार्काले रोनाल्डोलाई अवार्ड प्रदान गरेको हो ।
३४ बर्षे रोनाल्डोलाई मार्काले सोमबार एक विशेष कार्यक्रममा अवार्ड प्रदान गरेको थियो ।रोनाल्डोले रियलमा ९ बर्ष बिताएका थिए । तर, गत सिजन रोनाल्डो रियलबाट युभेन्ट्स आएका थिए ।
सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा रियल आएका रोनाल्डोले रियलका लागि ४३८ खेलमा रोनाल्डोले ४५० गोल गरेका थिए ।
पाँच पटकको बालोन डीओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । रोनाल्डोले सन् २००८,१३, १४ र १६ मा बालोन डी ओर जितेका थिए ।
रोनाल्डोले रियलमा रहदा १६ मुख्य उपाधि हात पारेका थिए । जसमा ४ च्याम्पियन्स लिग, २ ला लिगा, ३ क्लब विश्वकप र ३ युरोपियन सुपर कप, दुई स्पेनिस सुपर कप र २ कोपा डेल रे रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया