चितवनमा खोलामा डुबेर एकको मृत्यु

appharu
0
Shares

काठमाडौं । पूर्वी चितवनको कयरखोलामा पौडी खेल्न गएका एक युवकको मुत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं ३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

साथीहरुसँगै पौडी खेल्न गएका उनको सोमबार दिउँसो १ बजे मुत्यु भएको र उनका साथीहरुले शव निकाली प्रहरीलाई खबर गरेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाई भरतपुर अस्पताल पठाएको छ ।

यसैबीच गोहीको आक्रमणबाट एक घाइते भएका छन् । चितवनको माडी नगरपालिका–१ रिउखोलामा भैँसी चराउन जाने क्रममा सोमबार दिउँसो ३ः४५ बजे गोहीको आक्रमणबाट माडी नगरपालिका-१ पाण्डवनगर बस्ने २३ वर्षीय सूर्य बोट घाइते भएको प्रहरी प्रवक्ता काइरालाले जानकारी दिनुभयो ।

घाइतेको अवस्था मध्यम रहेको छ । उनको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?