‘रितुसँग बस्छु’ भनेर प्रहरीकोमा मिलापत्र गरेका जीवन प्रेमिकासँगै मृत भेटिएपछि…

appharu
0
Shares

प्रेम साँच्चै अनौठो छ । अपारको छ । बुझ्नै सकिन्न । केलाई प्रेम भन्ने ? तपाई आफैँ विचार गर्नुहोस् एउटी श्रीमती जो श्रीमानको खुसीको लागि हरतरहबाट कोशिस गरिरहन्छे श्रीमानलाई माया गर मलाई भनेर दुई हात जोडेर बिन्ती गर्छे तर उसको श्रीमान उसलाई लत्याएर हिड्छ । त्यो महिलाको प्रेम हो कि होईन ?

अनि एउटा पुरुष आफूले मन पराएको यूवतीको प्रेममा यसरी डुब्छन् कि श्रीमतीसँग उनको कुनै नाता सम्बन्ध हुँदैन । उनको कर्तवय के हो पुरै भुल्छन् । प्रेमिकालाई १०० प्रतिशत माया दिन्छन् । अब उनको मायालाई के भन्ने ?

भक्तपुरमा भएको यो उदेगलाग्दो घटनाले त्यहि भन्छ, प्रेम अपारको छ । घटनाको सार यस्तो छ:

श्रीमती वर्षौदेखि पिडित हुन्छीन् । उनका श्रीमान् उनलाई वास्ता गर्दैनन् । २ वर्षकी बच्चीको आमालाई आफ्नो श्रीमान्को यो सम्बन्धले वेचैनी बढाउँदै लान्छ । निकै तनाव हुनछ । उनले श्रीमान्को मायाप्रेम अन्तै रहेको थाहा पाउँछिन् । श्रीमान्लाई सोध्छीन् ।

श्रीमान्ले नकार्छन् । प्रमाणसहित पत्तो लगाएपछि उनी प्रहरीकोमा जान्छिन् र रिपोर्ट लेखाउँछिन् । ‘मेरो श्रीमान अर्की केटीसँग लागेर मलाई बेवस्ता गर्दै आएकाले निजलाई झिकाई आवश्यक कारवाही गरी पाउँ ।’

एउटी नारीको करुणा प्रहरीले सुन्छ अर्थात् श्रीमती भएको कारण उनले पाउने अधिकार हनन भइरहेको उजुरी लिएपछि प्रहरीले दुई पक्षलाई सम्पर्कमा ल्याएर घटनाबारे सोधपुछ गर्छ । हुन पनि घरमा २६ वर्षकी श्रीमती र २ वर्षकी छोरीको माया लत्याएर हिँडेका २१ वर्षका जीवन तामाङ पेशाले सवारी चालक हुन्छन् । जीवनकी श्रीमती रितु तामाङ २ वर्षयता सिन्धुपाल्चोक काठमाडौं बरोबर बसोबास गर्थिन् ।

श्रीमानको व्यवहारले मन कुडिएपछि उनले साउन ११ गते महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिइन् । प्रहरीले जीवनलाई खोज्यो । प्रहरी चौकी बोलायो र छलफल गरेको थियो । जीवनले प्रहरीसँगको छलफलमा भने, ‘अब रितुसँग नै बस्छु । गल्ती भएकै हो । २ वर्षको नानी छ मैले रितुलाई दुख दिएकै हो ।

उनको प्रतिवद्धता सुनेर प्रहरीले छलफल अघि बढायो । श्रीमती रितुलाई आवश्यक काजगपत्र बनाई दिने, रेखदेख गर्ने, खान लगाउन दिने लगायतका कुरा प्रहरीसँग गरे । प्रहरी वृत्तबाट निस्किएपछि जीवनले श्रीमती रितुलाई १ हजार रुपैयाँ दिए । उनले श्रीमतीलाई भे कोठामा जाउ म केहि बेरमा आउँछु । तर मंगलबार बिहान घटनाले अर्कै मोड लियो ।

जीवन र उनकी प्रेमीका मंगली घिसिङ्गको शव उनीहरु बस्दै आएको कोठामा फेला पर्यो । बोडेमा कोठा गरि बस्ने सिन्धुपाल्चोक जिल्ला बाह्रबिसेका २१ वर्षे जीवन र रामेछाप जिल्लाका बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगलीबीच प्रेम सम्बन्ध भएकाले सँगै बस्दै आएको अनुमान गरिएको छ ।

नजिकका स्थानीयले पनि सो कुरा उनीहरुलाई धेरैपटक सँगै देखेको बताएका छन् । घरमा श्रीमती हुदाँहुँदै बाहिर युवतीसँग प्रेम सम्बन्धको बारेमा बाहिर हल्ला भएपछि उनीहरुले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्यो ।

प्रहरीका अनुसार घटनाबारेमा सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ । आफ्नो श्रीमान अर्को युवतीसँग लागेर आफुलाई बेवास्ता गरेको भन्दै निवेदन दिएकी श्रीमतीको बिल्लीबाठ भएको छ । सोमबार मात्रै जीवनले अब मंगलीसँग नबस्ने भन्दै प्रहरीसामू प्रतिबद्धता समेत जनाएका थिए ।

दुई जनाको शव पोस्र्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?