सिंहदरबारको प्रहरीलाई नै ३० हजार घुस !

appharu
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोमा डिउटीमा खटिएको प्रहरीलाई नगद ३० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भएका १८ वर्षीय रञ्जन दास हुन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले दासलाई शंका लागि जाँच गर्ने क्रममा अवैध लागूऔषध चरेश ५ ग्राम, नगद ३७ हजार रुपैयाँ, खुकुरी १ थान, फलामको छिना ३ थान, स्टिलको रड १ थान र रुद्राक्षको माला १ थान सहित फेला पारी नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?