प्रदेश ३ सरकार र कृषि विकास बैंक बीच यस्तो सम्झौता

काठमाडौं । कृषकलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउने सर्तसहित प्रदेश नम्बर ३ सरकारले कृषि विकास बैंकसँग सम्झौता गरेको छ ।

प्रदेश सरकारले मंगलबार कृषि विकास बैंकसँग १४ बुँदे सम्झौता गरेको हो ।

प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवर्द्धन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास वैंक लिमिटेडबीच मंगलबार हेटौंडामा ‘सहुलियतपूर्ण ऋण र अनुदान’ समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डाक्टर योगेन कुमार कार्की र कृषि विकास बैकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको हो ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले अवको तीन/चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गरिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?