काठमाडौं । भारतको तेलांगाना राज्यमा ड्युटीमा खटिएका प्रहरीलाई किस गरेको अभियोगमा एक युवकलाई पक्राउ गरिएको छ ।
मदिरा सेवन गरेर ‘किस’ गरेको भन्दै २८ वर्षीय युवकलाई पक्राउ गरिएको हिन्दूस्तान टाइम्सले समाचारमा उल्लेख गरेको छ ।
एक निजी बैंकमा कार्यरत ती युवकले बोनलु पर्वको समारोहको सुरक्षामा खटिएका प्रहरी अधिकारीलाई किस गरेका हुन् ।
आइतबार राति उक्त समारोहमा सहभागी भएका उनी मदिराको नसामा लठ्ठीएका सयमा प्रहरी अधिकारीलाई किस गरेको प्रहरीले जनाएको छ ।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा विभिन्न समूहमा विभाजित भएर मानिसहरु नाचिरहेका समयमा उनी एक्कासि आएर प्रहरीलाई अंगालो हाल्छन् र किस गर्छन्, त्यसपछि ती प्रहरीले किस गर्ने युवकलाई धकेलेर थप्पड लगाउँछन् ।
मदिरा सेवन गरेर प्रहरीलाई दुर्व्यवहार गर्ने ती युवक निजी बैंकमा काम गर्ने गरेको पाइएको छ । युवकलाई सोमबार पक्राउ गरेर आइपीसी सेक्सन ३५३ ( जनताको सेवा खटिएका अधिकारीमाथि दुर्व्यवहारको अपराध ) मुद्दा अर्न्तगत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया