राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं । राजस्व चुहावट तथा बिदेशी बिनिमय अपचलन मुद्दामा फरार व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं उत्तरखेल बस्ने भोजपुरको षडानन्द नगरपालिका-३ जिमिगाँउ ठेगाना भएका ४४ वर्षीय कमल बहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उक्त मुद्दामा फरार रहेका कमललाई विशेष सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ सुकेधाराबाट मंगलबार बिहान पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर पठाएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?